उपचार नपाएर ज्यान गुमाउन पर्ने अवस्था गम्भिर; मानवअधिकार अनुगमन समिति
चितवन । चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले आवश्यक उपचारको अभावमा सर्वसाधारणको ज्यान गएको, कोभीड-१९ का बिरामी र अन्य बिरामीले स्वास्थउपचारमा असहजता र हैरानी बेहोर्नु परेको जनगुनासो बढेकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिको शुक्रबार बसेको बैठकले चितवन जिल्लामा पछिल्लो पटक कोभीड-१९ बाट संक्रमित र मृत्युहुनेको संख्यामा तिव्र बृद्धि भएकोमा गहिरो चिन्ता ब्यक्त गर्दै यसको रोकथाम र नियन्त्रणमा प्रभावकारी पहलकदमी लिन स्थानीय सरकार र स्थानीय प्रशा...


