
भरतपुर । चितवनमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर महानगरपालिका वडा नं. ११ का ६२ बर्षिय पुरुषको आज दिउसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताउनु भयो ।
स्वासप्रश्वासमा समस्या भई भदौं २० गते अस्पताल भर्ना भएका उनमा भदौं २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।उनको अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियूमा राखेर उपचार भइरहेको थियो । यो संगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।