×

भरतपुर । जिल्ला सहकारी संघ चितवनले सरकारले अनुदानमा वितरण गरेको रासायनिक मलको दुरुपयोग नगर्न अपिल गरेको छ । संघका अध्यक्ष हरि प्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै विषम परिस्थितिमा वितरण गरिएको मलको दुरुपयोग गरी उच्चतम मूल्यमा बिक्री वितरण गर्दै आइरहेको गुनासो आएकाले यस्ता अनुचित कार्य नगर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गर्नुभएको छ ।

कसैले अधिकारको दुरुपयोग गरी अनुचित ढंगले कारोवार गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला सहकारी संघमा जानकारी गराइ दिनुहुन पनि सम्पूर्ण उपभोक्ता एवं सर्वसाधारणमा अनुरोध गरिएको छ । कोरोनाका कारण सबै क्षेत्र जस्तै कृषि क्षेत्र पनि मर्कामा परेको भन्दै मल अभावले कृषकमा तनाव सिर्जना भएको संघको विज्ञप्तीमा उल्लेख छ ।

राज्यले उपलब्ध गराएको सीमित मललाई जिल्ला स्तरमा संयन्त्र निर्माण गरी वितरण भइरहेको संघले जनाएको छ । वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।जिल्लामा माग अनुसारको मल उपलब्ध हुन नसक्दा कोरोना महामारीकाबीच किसानहरु भिडमभिड गर्दै लाईनमा बसेर मल लिन बाध्य छन् । किनले चाहे जति मल पनि पाउन सकेका छैनन् ।

 

तपाईको प्रतिक्रिया