×

चितवन । चितवनको माडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडीमा गएरातिबाट विद्युत सेवा बन्द भएको हो ।

चनौली जगतपुर माडी ३३ केभी सवप्रशारण लाइनअन्तर्गत निकुञ्ज क्षेत्रभित्र केबुल बिग्रिएकाले मर्मतका लागि तयारी गरिएको चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले बताउनु भयो ।

प्राधिकरणको टोली विद्युतलाइन सप्लाइमा अवरोध भएको ठाउँ पहिचान र मर्मतका लागि गएको कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो । फल्ट लोकेटर मेसिनको सहायताले समस्या पत्ता लगाई छिटोभन्दा छिटो सेवा सञ्चालन गरिने उहाँले बताउनु भयो ।
माडीमा विद्युत लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत लाइन भूमिगत गरिएको छ ।

तपाईको प्रतिक्रिया