
चितवन । भरतपुरमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आज (आइतबार) विहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुुभयो ।
उनको भदौं १३ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवनका १२ जना पुगेका छन् ।