चितवन । चितवनमा रासायनिक मलको अभाव हुँदा किसानहरु समस्यामा परेका छन् । धान गोडमेल गरेर मल छर्ने मुख्य समयमा नै चितवनमा रासायनिक मलको अभाव देखिएको हो । मल अभावकै कारण उत्पादन घट्ने चिन्ता किसानमा छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित नवचन्द्रमा उपभोक्ता सहकारी संस्थामा रासायनीक मलको प्रतिक्षामा सोमबार विहान ३ बजेदेखि नै किसानहरु लाईनमा बसेका छन । मल पाउने आशामा विहानैदेखि लाईनमा बसेपनि आवश्यकता अनुसार मल पाउन नपाउन नसकेको स्थानीय किसान सुुविस थापाले बताउनुु भयो ।
५ किलो मल प्राप्त गर्नका लागि झण्डै ५ घण्टा लाईनमा बस्दा समेत आवश्यकता अनुसार मल नपाउदा किसानहरु चिन्तित बनेका छन ।