चितवनका ब्राह्मणहरुको धारणा, कोरोनामा सोह्र श्राद्ध कसरी गर्ने ?
चितवन । भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध आरम्भ हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना भाईरसका कारण देशका विभिन्न स्थानमा लकडाउन जारी रहेको संक्रमणको दर बढेको र भेटघाटको समय नरहेकोले यस्तो अवस्थामा कसरी सोह्रश्राद्ध गर्ने ? यजमानहरू अलमलमा परेका छन्। कतिपयले सोह्र श्राद्धलाई अनलाई...


