×

चितवन। चितवनमा थप ३ जना चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना चिकित्सकमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

योसंगै चितवनमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ८८ पुगेको छ । आज संक्रमण पुष्टि हुने चिकित्सकको थप विवरण आउन बाँकी छ । पछिल्लो समय बिरामीका उपचारमै खटिएका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुन थालेपछि थप जटिलता आउने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया