भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले (शनिवार )भोलिदेखि निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय गरेको हो । यो निर्णयसँगै सर्वसाधरणले केहि राहतको अनुुभुुति गर्नेछन ।
विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने भएको छ ।
जिल्लामा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमण देखिन थालेको छ । भरतपुरमा शुक्रबार (आज) विहानसम्ममा ५९४ जना संक्रमित पुगेका छन् । यस्तै जिल्लामा कुल संक्रमितको संख्या ९३३ पुगेको छ ।