
चितवन । चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ जना र अन्य जिल्लाका १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २१ जना, कालिका नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका २ जना र खैरहनी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पूर्वी नवलपरासीकाका ३ जना, रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।