चितवनमा थप ८७ जनामा कोरोना संक्रमण
भरतपुर । केही दिन संक्रमणको दर घटेको चितवनमा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । शुक्रबार ७१ जनामा कोरोना पोजेटिभ देखिएकोमा शनिबार बिहान सार्वजनिक विवरणमा जिल्लाका थप ८७ जनामा पोजिटिभ देखिएको छ ।
भरतपुर अस्पताल मातहतमा रहेको भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतप...


