×

चितवन । कालिका नगरपालिका वडा नं. ५ ले कोरोना विमाको लागी वडा कार्यालयबाट दिने सिफारिस निशुल्क गरीरहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि पछिल्लो समय कोरोना विमा गर्नेको संख्या बढ्दै गएको छ ।

कोरोना विमाका लागि एक महिना यता घर बाहिर नगएको प्रमाणित कागज लिन विमा कम्पनिले मागेपछि सम्वन्धित वडा कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । वडा नं. ५ का अध्यक्ष जियन महतोले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा आफ्ना वडाबासीलाई विना दस्तुर सिफारिस दिइरहेको बताउनु भयो । कोरोना विमा सिफारिस बापत कालिका नगरपालिका भित्रका वडा कार्यालयहरुले ३०० रुपैँया लिने गरेका छन ।

कालिका नगरपालिकाका अन्य सबै वडाध्यक्षहरुले धमाधम सिफारिस शुल्क लिइरहदा ५ नं का वडाध्यक्ष महतोले भने आफ्नो वडाका नागरीक हरुलाइ नि:शुल्क सिफारिसको ब्यबस्था गरे पछि कालिका नगरपालिका भित्र महतोको वाहवाही भैरहेको छ भने कहिँकतै बिरोधका आवाजहरु पनि आइरहेका छन ।

यसै बिषयलाइ लिएर कुराकानी गर्न सम्बन्धित वडा कार्यालय पुगेका रिपोर्टर केशब तिवारी संग वडाध्यक्ष महतोले भनेका छन – कालिका नगरपालिकाले आफ्ना नगरबासिका लागि सबैलाइ कोरोना बिमा सिफारिस शुल्क छुट गरीदिएको भए हुन्थ्यो । करीब ६ महिना जति नागरीकलाइ बन्दी बनाएर हरेक बहानाबाजिमा रकम असुली नगरेको भए नागरीकले पनि रहातको महशुस गर्ने थिए ।

कतिपय साथिहरुले राजश्वमा दखल पुग्ने काम नगरौं यहि नै राज्यको आयश्रोत हो भनिरहदा हामी ५ नं वार्ड समितिले भने आफ्नै किसिमले निर्णय गरेका छौं । नगरपालिकाले आफ्ना नागरीकको लागि यो खर्च ब्यहोर्न सक्दैन भने हामी ५ नं वडामा कहिँ न कतै बाट रकम जोहो गर्न सक्षम छौं । यो महामारीका बेला जसरी पनि वडाबासिलाइ राहत दिलाएरै छोड्छौं ।

तपाईको प्रतिक्रिया