चितवन । चितवनमा स्थानीय प्रशासनले आज सम्मकालागि जारी गरेको आदेशमा भोली देखि केही परिवर्तन गरेको छ । भोली असोज १ गते देखि ७ गतेसम्मका लागि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गरेको छ ।भोली देखि निजी सवारी साधान र यात्रुवाहक सवारीसाधन जिल्ला भित्र जोर विजोेर प्रणालीमा संचालन गर्न दिने आदेशमा उल्लेख छ ।

अतीआवश्यक पसल विहान ६ वजेदेखि साझ ५ वजेसम्म र अन्य पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधज्ञा लगाएको थियो । चितवन जिल्लामा साउन ३२ गतेबाट निषेधज्ञा लगाइएको थियो ।

तपाईको प्रतिक्रिया