भरतपुर । पहिरोका कारण चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध बनेको छ ।
चार किलो र चोरखोलाको बीच भागमा पहिरो खसेपछि विहान ६ बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले पहिरो हटाउने काम भइरहेको बताउनु भयो । माथिबाट अझै लेदो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसोसम्म पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया