×

चितवन ।  लायन्स क्लव अफ चितवन नवलपुरले नारायणगढ लगायत आसपास क्षेत्रका सडक वेवारिसेहरुलाई खाना खुवाएको छ । क्लवले वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले सञ्चालन गर्दै आएको २५ औं दिनको उक्त खाना खुवाउने कार्यक्रममा एक दिन वरावरको लाग्ने रकम सहित सेवा प्रदान गरेको हो । सधैं सामाजिक सेवामा रमाउने क्लवका सम्पुर्ण सदस्यहरुको उपस्थिती र आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको क्लका अध्यक्ष उमाकान्त कंडेल (निर्मल)ले बताए । क्लवले एक दिन खाना खुवाउन लाग्ने बरावरको रकम वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्दकी संयोजक सिता कुँवरलाई हस्तान्तरण गरेको थियो ।

नारायणी नदी किनारमा सञ्चालन गरिएको उक्त कार्यक्रममा क्लवका सदस्यहरुले सेवा समेत प्रदान गरेका थिए । उक्त कार्यक्रममा लायन्स क्लव अफ चितवन नवलपुरका एक्स्टेनसन चेयर परसन तथा डिष्ट्रिक ३२५ बिटुका जिएसटी कोअडिनेटर लायन दिनानाथ न्यौपाने र यस क्लवका एक्स्टेनसन डिष्ट्रिक कोडिनेटर लायन कमल श्रेष्ठको समेत उपस्थिती रहेको थियो । सामाजिक सेवाप्रति उत्तरदायित्व वहन गर्न सधैं तत्पर रहने यस लायन्स क्लव अफ चितवन नवलपुरले यो अगावै अन्य धेरै कार्यहरु गर्दै आएको छ ।

कार्यक्रममा क्लवका रिजन चियर परसन लायन विनोद सुवेदी, प्रथम उपाध्यक्ष लायन गोपाल पराजुली, सचिव लायन के.पी. शर्मा, कोषाध्यक्ष लायन अन्जन भट्ट लगायत सम्पुर्ण पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया