चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।