×

चितवन सेरोफेरो

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
भरतपुर । पहिरोका कारण चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध बनेको छ । चार किलो र चोरखोलाको बीच भागमा पहिरो खसेपछि विहान ६ बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँले पहिरो हटाउने काम भइरहेको बताउनु भयो । माथिबाट अझै लेदो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसोसम्म पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

लायन्स क्लव अफ चितवन नवलपुरद्धारा खाना सहयाेग

लायन्स क्लव अफ चितवन नवलपुरद्धारा खाना सहयाेग
चितवन ।  लायन्स क्लव अफ चितवन नवलपुरले नारायणगढ लगायत आसपास क्षेत्रका सडक वेवारिसेहरुलाई खाना खुवाएको छ । क्लवले वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले सञ्चालन गर्दै आएको २५ औं दिनको उक्त खाना खुवाउने कार्यक्रममा एक दिन वरावरको लाग्ने रकम सहित सेवा प्रदान गरेको हो । सधैं सामाजिक सेवामा रमाउने क्लवका सम्पुर्ण सदस्यहरुको उपस्थिती र आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको क्लका अध्यक्ष उमाकान्त कंडेल (निर्मल)ले बताए । क्लवले एक दिन खाना खुवाउन लाग्ने बरावरको रकम वेव...

सामुदायिक वन उपभोक्ता महासंघ चितवनले भन्याे : संरक्षणमा चनाखौ बनौं

सामुदायिक वन उपभोक्ता महासंघ  चितवनले भन्याे : संरक्षणमा चनाखौ बनौं
चितवन । चितवनको उदयपुर सामुुदायिक वन उपभोक्ता समुहको संरक्षित क्षेत्रमा केहिदिन अघि अज्ञात समुहले रुख कटान गरेको प्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष भरत प्रसाद ढुंगानाद्धारा आज जारी विज्ञेप्तिमा रुख कटानमा संलग्न जो सुकै व्यक्ति वा संस्थालाई तत्काल पत्ता लगाई कानूनी कारवाहि गर्न माग गरिएको छ । विज्ञेप्तिमा जिल्लाभरका सामुदायिक वन समुह हरुमा चोरीनिकासी ...

भरतपुरमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुरमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु
चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले  जानकारी दिए । हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।

निर्मल सहकारीविरुद्ध कालोबजारी मुद्धा,चारजना नियन्त्रणमा

निर्मल सहकारीविरुद्ध कालोबजारी मुद्धा,चारजना नियन्त्रणमा
भरतपुर । मलको कालोबजारी गरेको आरोपमा चितवनको रत्ननगरमा रहेको निर्मल बहुउदेश्यीय सहकारी संस्था बिरुद्ध मुद्धा दर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार सहकारीमा आबद्ध चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो । पक्राउ पर्नेहरुमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरे रहेका छन । कालोबजारीका बिषयमा थप अनुसन्धान भइरहेको प्रजिअ भट्टराइले बताए । सो सहकारीले अनुदानको मल प्रतिबोरा ७ सय ५० किनेर १२ सय ५० मा विक्री गरेक...

यात्रा ग्रुपद्धारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग

यात्रा ग्रुपद्धारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग
चितवन ।  यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्य सामाग्री सहयोग गरेको हो । छात्रावासलाई १५ हजार बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामाग्रीहरुको सहयोग गरिएको ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए । उक्त सामाग्री ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ग्रुपका संरक्षक तथा भरतपुर अस्पतालका...

मालपोत कार्यालय चितवन भोलीवाट खुल्ने

मालपोत कार्यालय चितवन भोलीवाट खुल्ने
चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरले सावधानी अपनाएर सेवादिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ । सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने मंगलवार पदमपुर,हाजीपुर र कविलास क्षेत्रको मात्र काम गरिने मालपोत कार्यालय भरतपुरले सूचना प्रकाशित गरी सर्वसाधरणलाई जानकारी गराएको हो । यस्तै बुधवार कल्याणपुर,देवौली र नारायणगढ क्षेत्रलाई समेटिएको छ ।विहिवार जुटपानी ,शि...

शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु
भरतपुर । चितवनमा करेन्ट लागेर दुईजना सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो । गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ । सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनमा थप २४ जनामा कोरोना पुष्टि

चितवनमा थप २४ जनामा कोरोना  पुष्टि
भरतपुर । चितवनमा आज (शनिबार) थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ११ र बाँकी अन्य जिल्लाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । यस्तै नवलपरासी पूर्वका ८ जना, बाँके, काठमाडौं, रुपन्देही, तनहुँ र लमजुङका एक÷एक जना रहेका छन् ।