×

चितवन सेरोफेरो

२ महिनादेखि कृषि विश्व‍विद्यालयमा तालाबन्दी

२ महिनादेखि कृषि विश्व‍विद्यालयमा तालाबन्दी
चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् । सङ्गठनका अध्य...

पहिराे खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

पहिराे खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । नारायणगढ मुुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा आज विहान लेदो सहितको पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय चितवनले जनाएको छ । विहान साढे ५ वजे खसेको पहिरोका कारण चितवन तर्फ आउने र चितवन भएर जाने सबै सवारीसाधनहरु विच बाटोमै रोकिएका छन । ठुुलो पहिरो भएकोले सडक खुलाउन कम्तिमा पनि ४ घण्टा लाग्ने प्रहरीको अनुुमान छ । काठमान्डौ सँग जोडिने लाईफलाइन नारायणगढ मुुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध हुुँदा ...

रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि

रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि
चितवन ।  चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उहाँको रिपोर्ट एक सातापछि आएको हो । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए । कोरोना विरुद्धको अभियानमा लड्ने क्रममा उहाँलाई कारोना पुष्टि भएको हो । स्वाव दिने बेलामा उनमा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले बताउनु भयाे । उहाँ घरकै आइसो...

तोकिएको समयमा मात्र सेवा लिन आउन चितवन प्रशासनको अनुरोध 

तोकिएको समयमा मात्र सेवा लिन आउन चितवन प्रशासनको अनुरोध 
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी सेवा प्रवाहको समय तालिका जारी गरेको छ ।कार्यालयले बिहीबार जारी गरेको सूचनामा सो बारे उल्लेख छ । नागरिकताको प्रमाणपत्र र पार्सपोर्ट बनाउन तोकिएको स्थानीय तहले तोकिएको बारमा मात्र कार्यालय आउन भनिएको छ ।तालिका अनुसार भरतपुर महानगरपालिकालाई आइतबार, बुधबार र शुक्रबार तोकिएको छ भने इच्छाकामना गाउँपालिकालाई आइतबार र बुधबार तोकिएको छ । त्यसैगरी खैरहनी नगरपालिकालाई नागरिकता र पासपोर्ट बनाउने समय सोमबार ...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर पुनः सडक अबरुद्ध भएको छ । इच्छाकामना गाँउपालिका ६ स्थिति चारकिलोमा आज विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । लगातार तीन दिनदेखि सो सडकखण्डमा पहिरो खसेर सडक अबरुद्ध हुँदै आइरहको छ । सडकखण्डमा अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य थापाले जानकारी दिनुभयो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । तीन दिनको अ...

चितवनमा बुधवार मात्रै थप १०२ जनामा कोरोना पुष्टि

चितवनमा बुधवार मात्रै थप १०२ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा बुधबार थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज सिएमसीको प्रयोगशालामा गरिएको परीक्षणमा १०२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कलेजका अनुसार आज गरिएको चार सय १८ जनाको परिक्षणका क्रममा सो संख्यामा सङ्क्रमित भेटिएको हो । चितवनको कुन पालिकामा कती र जिल्ला बाहीर कति वृस्तित विवरण आउन बाँकी रहेको छ ।

कालिका नगरपालिका वडा न‍ं‍‍‌. ५ मा कोरोना बिमा सिफारिस नि:शुल्क

कालिका नगरपालिका वडा न‍ं‍‍‌. ५ मा कोरोना बिमा सिफारिस नि:शुल्क
चितवन । कालिका नगरपालिका वडा नं. ५ ले कोरोना विमाको लागी वडा कार्यालयबाट दिने सिफारिस निशुल्क गरीरहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि पछिल्लो समय कोरोना विमा गर्नेको संख्या बढ्दै गएको छ । कोरोना विमाका लागि एक महिना यता घर बाहिर नगएको प्रमाणित कागज लिन विमा कम्पनिले मागेपछि सम्वन्धित वडा कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । वडा नं. ५ का अध्यक्ष जियन महतोले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा आफ्ना वडाबासीलाई विना दस्तुर सिफारिस दिइरहेको बताउनु भयो । कोरोना विमा सिफारिस बापत ...

चितवनमा ७ गतेसम्म निषेधज्ञा पसल १० देखि ५ खोल्न पाउने, सवारीसाधन जोर विजोर

चितवनमा ७ गतेसम्म निषेधज्ञा  पसल १० देखि ५ खोल्न पाउने, सवारीसाधन जोर विजोर
चितवन । चितवनमा स्थानीय प्रशासनले आज सम्मकालागि जारी गरेको आदेशमा भोली देखि केही परिवर्तन गरेको छ । भोली असोज १ गते देखि ७ गतेसम्मका लागि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गरेको छ ।भोली देखि निजी सवारी साधान र यात्रुवाहक सवारीसाधन जिल्ला भित्र जोर विजोेर प्रणालीमा संचालन गर्न दिने आदेशमा उल्लेख छ । अतीआवश्यक पसल विहान ६ वजेदेखि साझ ५ वजेसम्म र अन्य पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय च...

दासढुङ्गाको एकीकृत विकासका लागि डिपिआर बनाइँदै (फोटो सहित)

दासढुङ्गाको एकीकृत विकासका लागि डिपिआर बनाइँदै (फोटो सहित)
चितवन  । सत्ताइस वर्षअघि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गाको एकीकृत विकास गरिने भएको छ । त्यसका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढेको छ । पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले डिपिआर निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो । परामर्शदाता कम्पनीद्वारा प्रस्तावपत्र पेश भइसकेको र आन्तरिक मूल्याङ्कनको चरणमा रहेको विभागका इञ्जीनियर सचिन्द्...