अमेरिकन फौजीकीरा नियन्त्रणका लागि चितवनमा अनुसन्धान सुरु
चितवन । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् ।
उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताउनुभयो ।
अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिल...


