×

चितवन सेरोफेरो

चितवनको टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनको टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
 चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नं।को ट्रकले ना ६४ प ८३६३ नं को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए । घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्...

साईकल मार्फत पर्यटन प्रवर्धन गर्दै चितवनका पत्रकारहरु

साईकल मार्फत पर्यटन प्रवर्धन गर्दै चितवनका पत्रकारहरु
चितवन । पछिल्लो समय साईकल यात्रामार्फत जिल्लाको पर्यटनको प्रचारप्रशार गर्न चितवनका पत्रकारहरु लागी परेका छन । जिल्लाका विभिन्न रमणीय स्थानहरुमा पुुगेर उनिहरुले पर्यटनमा टेवा पुर्याउदै आएका छन । चितवनका पत्रकारहरु जनक अर्याल, हरिप्रसाद पोखरेल, विश्वास पौडेल, राजेश घिमिरे , सचिन भट्टराई र दिपेन्द्र अधिकारी हरेक दिनजसो साईकल यात्रा मार्फत पर्यटन प्रवर्धनमा लागी परेका हुन । विहानै ५ वजे उठ्ने उनिहरु भरतपुरको कुनै एक स्थानमा भेट हुन्छन र झण्डै ३० किलोमटिरको साईकल यात्रा सुरु गर्छन...

पुरानो मेडिकल कलेजमा एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमण पुष्टि

पुरानो मेडिकल कलेजमा एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमण पुष्टि
चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा एक जनाको मृत्युपछि संक्रमण पुष्टि भएको छ । कलेजमा उपचाररत बाराको कलैया नगरपालिका वडा नं. १० का ७७ वर्षिय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको बुधबार मृत्यु भएको थियो । बिहीबार उनको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बिहीबारै चितवन मेडिकल कलेजमा उपचारत अर्काे एक संक्रमितको पनि मृत्यु भएको थियो । ...

भरतपुर अस्पतालको आकस्मिक कक्षसहित डुवानमा

भरतपुर अस्पतालको आकस्मिक कक्षसहित डुवानमा
भरतपुर । लगातारको वर्षाले भरतपुर अस्पतालका आकस्मिक सहितका कक्षहरु डुवानमा परेका छन् । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवन र वरपरका भाग डुवानमा परेको हो । अस्पतालको बेडमा बिरामी भए पनि भुईमा पानी बगिरहेको छ ।अस्पतालको आकस्मिक कक्ष, अब्जरबेसन कक्ष, स्टोर, स्पाईनर ईन्जुरी कक्ष लगायतमा पानी पसेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका जानकारी दिनुभयो । अस्पताल वरिपरि समेत पानी जलमग्न भएकाले बिरामी समेत आवतजावत गर्न समस्या रहेको छ । पानीको उचित निकास नह...

तनहुुँका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

तनहुुँका कोरोना संक्रमितको भरतपुरमा मृत्यु
भरतपुर । चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको आज (बिहीबार) विहान १२ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई तत्काल उनलाई सघन कक्षमा राखेर उपचार सुरु गरिएको थियो । योसंगै चितवनमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । जसमध्ये चितवनका मात्रै भने १८ जना रहेका छन् । &nb...

चारकिलोमा पहिरो खस्दा नारायणगढ मुुग्लिन सडक अवरुद्ध

चारकिलोमा पहिरो खस्दा नारायणगढ मुुग्लिन सडक अवरुद्ध
चितवन । लगातारको वर्षाका कारण पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । ईच्छाकामना गाँउपालिका वडा नं.६ मा पर्ने चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अपरान्ह ४ः३० वजे गएको पहिरोका कारण चितवन भएर पोखरा काठमान्डौ जाने र र ती ठाउँबाट चितवन आउने सबै सवारी साधनहरु विचबाटोमै रोकिएका छन । लगातार पानी परिरहेकोले सडक सुचारु गराउने काम सुरु हुन सकेको छैन । ठुलो पहिरो भएकोले सडक खुलाउन केहि घण्टा लाग्ने प्रहरीको अनुमान छ । काठम...

विश्व गैँडा दिवसः गैँडा संरक्षणमा चुनौती

विश्व गैँडा दिवसः गैँडा संरक्षणमा चुनौती
चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र ...

चितवनका प्रहरी इन्सपेक्टरहरुको सरुवा ( हेर्नुहाेस सूचि सहित )

चितवनका प्रहरी इन्सपेक्टरहरुको सरुवा  (  हेर्नुहाेस सूचि सहित )
भरतपुर । चितवन जिल्लामा कार्यरत अधिकासं प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवाको क्रममा जिल्लाका प्रहरी इन्सपेक्टरहरुको पनि सरुवा भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो । यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय...

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनमा आज (सोमबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र बाराका एक जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनी नगरपालिकाका १५ जना, भरतपुर महानगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनीका ७ महिने बालिका समेत रहेकी छिन् ।यस्तै बाराको जितपुर–१५ का ६८ वर्षीय पुरुषको पनि संक्रमण पुष्टि भएको छ ।