सीएमसीका अधिकांश कर्मचारीमा काेराेना संक्रमण, काेभिड आईसीयू पनि भरियाे
भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत अधिकांश कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले अस्पतालका धेरैजसाे कर्मचारीहरू काेराेना संक्रमित भई आइसाेलेसनमा रहेकाे जानकारी दिए ।
उनले अस्पतालले तयार पारेकाे ५९ बेडकाे काेभिड आईसीयू समेत भरिएकाे बताए । उनले भने ‘यस विषम अवस्थामा अब आउँने नयॉं विरामीहरूलाई पर्न जाने असुविधाका लागि हामी क्षमा प्रार्थी छौं।’ अस्पतालका अधिकांश स्वास्थ्यकर्मी काेरा...


