×

चितवन सेरोफेरो

भरतपुर अस्पतालमा अख्तियारको छापा, महत्वपुर्ण कागजात नियन्त्रणमा

भरतपुर अस्पतालमा अख्तियारको छापा, महत्वपुर्ण कागजात नियन्त्रणमा
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालमा छापा मारेको छ ।अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले आज छापा मारेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णुप्रसाद सापकोटासहित ५ जनाको टोलीले अहिले अध्ययन गरिरहेको छ । टेन्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी तर्फकालाई नदिएर सीएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतका उजुरी परेको अख...

चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत दुई सातादेखि बेपत्ता

चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत दुई  सातादेखि बेपत्ता
चितवन  : चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता छन् । बस्नेत भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसँग चिया खाएर आउँछु भनेर डेराबाट हिँडेकाे थिए । सुर्खेत स्थायी घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए । भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा बेपत्ताको खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए । उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ । उनका दाइ प्रभातले ...

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु
चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २३ की ३८ वर्षीया सम्झना दराईको गैँडाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई दिउसो साढे २ वजे गैँडाले आक्रमण गरेको थियो ।गैँडाको आक्रमणबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा दिउसो साढे ३ वजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

वाइसिएलको केन्द्रीय सदस्यमा चितवनका सन्तोष र साजन चयन

वाइसिएलको केन्द्रीय सदस्यमा चितवनका सन्तोष र साजन चयन
माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपालको केन्द्रीय सदस्यमा चितवनका दुई युवा चयन भएका छन् । काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट चितवनका युवाहरु साजन अधिकारी र सन्तोष पनेरु केन्द्रीय सदस्यमा चयन भएका हुन् । राष्ट्रिय भेलाले संगठनको अध्यक्ष बाहेक अन्य सबै पदमा चयन गरेको छ । भेलाले अध्यक्षको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्यमा चयन भएका दुई युवाहरु जिल्लाको राजनीतिमा क्रियाशिल छन् । उनीहरुले जिल्लामा संगठ...

आर्थिक अभावमा धुर्मुस–सुन्तलीले बनाउन लागेको रङ्गशालाको कामले गति लिन सकेन

आर्थिक अभावमा धुर्मुस–सुन्तलीले बनाउन लागेको रङ्गशालाको कामले गति लिन सकेन
चितवन–भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ...

भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल

भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल
चितवन । सरकारले चितवनस्थित भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा पौडेललाई निर्देशक नियुक्त गरेको हुन्। हाडजोर्नी विशेषज्ञ डा. पौ‍डेल भरतपुर अस्पतालमा नै कार्यरत छन्। अस्पतालमा डा रोशन न्यौपाने निर्देशक थिए। मन्त्रालयले उनको स्थानमा डा. पौडेललाई जिम्मा दिएको हो।

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक  अवरुद्ध
पहिरोले मुग्लिन नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ । निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।प्रहरीका अनुसार ८ बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका २९ सेतिदोभानमा ठूलो पहिरो खसेको छ । अहिले निरन्तर पानी परिरहेको र तत्काल पहिरो हटाउन कठिन हुने प्रहरीले जनाएको छ ।

मेट्रो प्लाजा निमार्ण कार्य तत्काल रोक्न बिप्लव माओवादीकाे चेतावनी

मेट्रो प्लाजा निमार्ण कार्य तत्काल रोक्न बिप्लव माओवादीकाे चेतावनी
चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ३ लायन्सचोकमा निजि क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निमार्णमा बाकी काम अगाढी नबढाउन बिप्लप नेत्रित्वको नेपाल कम्युनिष्ट पाटिले चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटाले हस्ताक्षर गरेको बिज्ञप्तमिा साना तथा मझौला ब्यवसायीहरुलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुजिलाई राज्यको सम्पति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो कार्यलाई तुरुन्त रोक्न बिज्ञप्तिमा आग्रह गरिएको छ । बिज्ञप्तिमा भन...

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल डुवाउने गरी निजी अस्पताल खोल्दै पूर्व चिकित्सक-कर्मचारीहरु

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल डुवाउने गरी निजी अस्पताल खोल्दै पूर्व चिकित्सक-कर्मचारीहरु
चितवन। लामो समय वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पद र प्रतिष्ठामा बसेर राम्रो आय आर्जन गरेका चिकित्सक कर्मचारीहरुले निजी स्तरबाट अस्पताल खोल्ने क्रम बढेको छ । सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी अघि बढाउने उद्देश्यका साथ त्यही कार्यरत चिकित्सकहरु समेटेर निजी अस्पताल स्थापना गर्न शुरु गरिएको हो । क्यान्सर अस्पतालमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेका तत्कालिन कार्यकारी निर्देशक डा।भक्तमान श्रेष्ठको अगुवाईमा भरतपुरमा न्यू...