चितवन  । नेपाल कम्युनिष्ट माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटिका सचिवालय सदस्य बोध बहादुर गोले नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन ।  एमालेको आज इच्छाकामना ७ स्थित सिमलढापमा भएको वडा कार्यकर्ता भेलामा माओवादी केन्द्रका गाउँ कमिटि सचिवालय सदस्य बोध बहादुर गोले नेकपा एमालेमा प्रवेश गरेका हुन ।

तत्कालिन स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं। ७ को माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेद्वार समेत रहेको गोलेलाई भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सदस्य देबि ज्ञवाली, एमाले जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराएको एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिए।सोहि भेलामा गोलेसँगै ६१ जना माओवादी केन्द्रका कार्यकर्ताहरु र नेपाली कांग्रेसका १० जना कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेको इन्चार्ज गुरुङले बताए।

वडा भेलामा कार्यक्रमको प्रमुख अतिथि भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सदस्य देबि ज्ञवाली, विशिष्ट अतिथि एमाले चितवन जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल, अतिथिहरुमा जिल्ला सचिव प्रकाश खनाल शैलेस, जिल्ला समन्वय समिति प्रमुख कृष्ण कुमार डल्लाकोटि, कालिका नगरपालिकाका मेयर गोपि श्रेष्ठ, एमालेका नेता तथा कार्यकर्ताहरु नारायण अधिकारी, दान ब गुरुङ, नर ब नेपाल, कृष्ण सिलवाल, रुद्र उप्रेति लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया