×

चितवन सेरोफेरो

नेकपा एकीकृत समाजवादी चितवनमा आफु नरहेको दिव्या शर्माको प्रष्टोक्ती

नेकपा एकीकृत समाजवादी चितवनमा आफु नरहेको दिव्या शर्माको प्रष्टोक्ती
चितवन । नेकपा एकीकृत समाजवादी चितवनले जिल्ला सहसचिवमा दिव्या शर्मा चयन भएको सार्वजनिक गरे लगत्तै नेतृ शर्माले आफु नेकपा एकीकृत समाजवादीमा आवद्ध नभएको प्रष्ट पारेकी छिन् । आफु पार्टि विभाजनको पक्षमा नभएको भन्दै शर्माले पार्टिको घोषणा सभामा जाँदै नगएको बेलामा समेत नाम राखिएको भन्दै आश्चर्य व्यक्त गरिन् । समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले आफु नेकपा एकीकृत समाजवादीमा नरहेको बताएकी हुन् ।नेतृ शर्मा भरतपुर महानगरपालिकाकाे चुनावमा  नेकपा एमालेकाे तर्फबाट उपमेयरकाे उमेदवार ...

चितवनका तीन स्थानीय तहमा एकीकृत समाजवादी शून्य, सबै जनप्रतिनिधि एमालेमा

चितवनका तीन स्थानीय तहमा एकीकृत समाजवादी शून्य, सबै जनप्रतिनिधि एमालेमा
चितवनका सात स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा एमालेका कुनै पनि जनप्रतिनिधिले माधव नेपालको पार्टी एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् ।कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा एकीकृत समाजवादी शून्य भएको हो । सूर्य चिन्हमा जनतासँग भोट मागेर जितेकाले अन्य पार्टी जादा जनमतको अपमान हुने जनप्रतिनिधिहरुले जनाएका छन् । खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले सूर्य चिन्हबाट जनताको भोट पाएर जितेका जनप्रतिनिधि अन्य पार्टीमा लाग्नु नैतिकरुपमा पनि ठिक नहुने ...

कालिका मिडियाले यस वर्षकाे वार्षिकोत्सव भर्चुअलबाट मनाउँने

कालिका मिडियाले यस वर्षकाे वार्षिकोत्सव भर्चुअलबाट मनाउँने
चितवन । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १९औं तथा कालिका एचडीको सातौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । कोरोनाका कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै एफएमले यसपाली पनि भर्चुअल माध्यमबाट बार्षिकोत्सवका अधिकांश कार्यक्रम संचालन गर्नेछ । गत बर्ष पनि महामारीकै कारण पृथक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको थियो । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम समेत गरिने भएको हो । २०५९ साल असोज २...

रत्ननगरलाई घरेलु उपज विक्री केन्द्र हस्तान्तरण

रत्ननगरलाई घरेलु उपज विक्री केन्द्र हस्तान्तरण
चितवन  । चितवनको रत्ननगरमा निर्माण गरिएको घरेलु उपज विक्री केन्द्रको भवन आइतवार रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु सामाग्री किनबेच गर्ने उद्देश्यले प्रदेश सरकारको लगानीमा घरेलु तथा साना उद्योग कार्यालय चितवनले विक्री केन्द्रको भवन निर्माण गरेको हो । रत्ननगर नगरपालिका वडा नं २ अन्तर्गत तरकारी मण्डी नजिक निर्माण गरिएको सो भवन एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाको निगरानीमा सञ्चालन तथा व्...

चितवनका दुई पत्रकारलाई प्रेस चौतारीले दियो जोखिम पत्रकारिता पुरस्कार

चितवनका दुई पत्रकारलाई प्रेस चौतारीले दियो जोखिम पत्रकारिता पुरस्कार
चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ । कोरोना भाइरसको महामारी, बाढि, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिर्पोटिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई नगद १०/१० हजार रकमसहित जोखिम पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । शनिवार भरतपुरको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक पत्रकार महासंघ चितवनका...

नेपाली काँग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी

नेपाली काँग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी
चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् ।जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गर्नुभएको छ । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभ...

साढे दुई वर्षदेखि थुनामा रहेका दुई निर्दाेष सैनिक भरतपुर कारागारबाट छुटे

साढे दुई वर्षदेखि थुनामा रहेका दुई निर्दाेष सैनिक भरतपुर कारागारबाट छुटे
चितवन। हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन्।उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन्।सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो।सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो। लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार ९१...

चितवनमा नेपाली सेनाको हतियार चोरेर सैनिक जवानको हत्या गर्ने गंगाधरलाई जन्मकैद

चितवनमा नेपाली सेनाको हतियार चोरेर सैनिक जवानको हत्या गर्ने गंगाधरलाई जन्मकैद
काठमाडौं –नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ । सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाएको हो । ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन एसएमजी चोरी गरेका थिए । सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी सैनिक भरत गुरङको चितवनमा हत्या गरेका थिए । यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो । उता २०७५ को प...

कांग्रेस चितवनको सह-सचिवमा राजन कार्कीद्धारा उम्मेद्वारी घोषणा

कांग्रेस चितवनको सह-सचिवमा राजन कार्कीद्धारा उम्मेद्वारी घोषणा
चितवन–नेपाली कांग्रेस चितवनका सह-सचिव राजन कार्कीले १४ औं महाधिवेशनमा पनि जिल्ला सह-सचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । आज भएको भरतपुर महानगरपालिका–११ को क्रियाशिल वडा भेलामा कार्कीले सह-सचिवमा उम्मेद्वारी घोषणा गरेका हुन् । भरतपुर ११ कार्कीको आफ्नो वडा हो ।महासमिति सदस्य समेत रहेका कार्कीले कार्यकर्ताको भावना अनुसार आफुले उम्मेद्वारी घोषणा गरेको बताए । उनले आफ्नै वडा भएकाले आजै उम्मेद्वारी घोषणा गरेको जानकारी दिए । उनले पार्टीमा आफुले लामो समय योगदान दिएको भन्दै ...