×

चितवन सेरोफेरो

चितवनका ‘दलित पत्रकार’लाई प्रेस ज्याकेट वितरण

चितवनका ‘दलित पत्रकार’लाई प्रेस ज्याकेट वितरण
चितवन। राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाले संघमा आवद्ध २० जना क्रियाशील दलित पत्रकारहरूलाई चितवन शाखाको लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ । होटल ‘हेप्पी होम’ नारायणगढमा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रेस ज्याकेट वितरण गरिएको हो । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरिरहेको निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज होस् भन्ने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ ९नेपाल० चितवन शाखा ...

अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा निशा अधिकारी

अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा निशा अधिकारी
चितवन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को केद्रीय उपाध्यक्षमा चितवनकी विद्यार्थी नेतृ निशा अधिकारी चयन भएकी छन् ।आज शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले अधिकारीलाई उपाध्यक्ष चयन गरेको हो । उनी चितवनकी लोकप्रीय विद्यार्थी नेतृको रुपमा परिचित छिन् ।सचिवालय बैठकले सुनिता बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

चितवनमा ३७ संक्रमित थपिए, एक जनाको मृत्यु

चितवनमा ३७ संक्रमित थपिए, एक जनाको मृत्यु
चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । एक संक्रमितको मृत्यु भएको छ । ३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०३ जनाको कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६५२ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१९ जना होम आइसोलेसन र ३३ जना अस्पताल आइसोलेसनमा छन् । अस्पतालमा ५३ संक्रमित उपचाररत शनिबार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको संख्या केही बढेको छ । स्व...

न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एसियन कङ्क्रिटो

न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एसियन कङ्क्रिटो
चितवन । मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एसियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन लिन सफल भएको हो । उद्योगले दैनिक एक हजार ५०० हाराहारी मजदुरले गर्नुपर्ने काम स्वचालित उपकरणको प्रयोग गरी २५ जनाले पूर्ण क्षमतामा उत्पादन गर्न सफल भएको छ । जर्मन प्रविधिको मासा कम्पनीको यस उपकरण सञ्चालनमा अपरेटरको मात्र...

चितवनमा नयाँ सिडिओको रुपमा आस्मान तामाङ आउँदै

चितवनमा नयाँ सिडिओको रुपमा आस्मान तामाङ आउँदै
चितवन । चितवनमा नयाँ प्रमुख जिल्ला अधिकारी ( सिडिओ) को रुपमा आस्मान तामाङ आउने भएका छन् । आज भएको गृहमन्त्रीस्तरको निर्णयबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई जिल्ला प्रशासन कार्यालय चितवनमा काज सरुवा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई प्रधामन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरको मंगलबारको निर्णयअनुसार रक्षा मन्त्रालयमा काज सरुवा गरिएपछि चितवनमा प्रमुख जिल्ला अधिकारीको रुपमा तामाङ आउने भएका हुन् ।उज्यालाे खबर सँग...

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत खतिवडाको सरुवा

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत खतिवडाको सरुवा
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाको सरुवा भएको छ ।आज बसेको नेपाल सरकारको मन्त्री स्तरीय निर्णयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित ८५ जना सहसचिवको सरुवा गरेको हो । चार महिना अघि मात्रै भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्न आएका खतिवडालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्र्गतको कार्यालय पठाइएको छ । छोटो समयमा नै सरुवा भयो नि भन्ने उज्यालो खबरको जिज्ञाशामा प्रमुख प्रशासकीय अधिकृत खतिवडाले...

जनसाहित्यिक मञ्च बागमती प्रदेश सदस्यमा अम्बिका कार्की चयन

जनसाहित्यिक मञ्च बागमती प्रदेश सदस्यमा अम्बिका कार्की चयन
जनसाहित्यिक मञ्च नेपाल बागमती प्रदेशको सदस्यमा अम्बिका कार्की चयन भएकी छन् । जनसाहित्यिक मञ्च नेपालको शनिबार भर्चुअल भेलाले मञ्चका केन्द्रीय सचिवालय सदस्य मसान उपासकलाई बागमती प्रदेशको संयोजकमा चयन गरेको हो । मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो । हिजोको भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यिय समिति पनि चयन गरेको छ । चितवनको दुई जनाले यो पटक केन्द्र र प्रदेशमा स्थान पाएका छन् । ...

चितवनमा माओवादी केन्द्रका सचिवालय सदस्य गोलेको नेतृत्वमा ६१ जना एमालेमा प्रवेश

चितवनमा  माओवादी केन्द्रका सचिवालय सदस्य गोलेको नेतृत्वमा ६१ जना एमालेमा प्रवेश
चितवन  । नेपाल कम्युनिष्ट माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटिका सचिवालय सदस्य बोध बहादुर गोले नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन ।  एमालेको आज इच्छाकामना ७ स्थित सिमलढापमा भएको वडा कार्यकर्ता भेलामा माओवादी केन्द्रका गाउँ कमिटि सचिवालय सदस्य बोध बहादुर गोले नेकपा एमालेमा प्रवेश गरेका हुन । तत्कालिन स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं। ७ को माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेद्वार समेत रहेको गोलेलाई भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमा...