
चितवन । नेपाली कांग्रेस रत्ननगर नगरसमितिको नयाँ नेतृत्व चयनका लागि आज विहान ८ वजेपछि मतदान हुँदैछ । मतदान अधिकृत धर्म वाग्लेले दुई उम्मेवार विच छलफल गरेरै आज विहान ८ वजेपछि मतदान गर्ने सहमती भएकाे बताउनु भयाे । रत्न्नगरको सभापतिको लागि वर्तमान सभापति रुपनराज घिमिरे र प्रल्लाद सापकोटाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।