×

चितवन  । चितवनमा कोरोना संक्रमित घट्दै गएपछि भरतपुरको पुष्पाञ्जली हस्पितलमा अन्य विरामीहरुको लागि उपचार सेवा पूर्वबत रुपमा  सुरु गरिएको छ ।

कोरोना महामारीको समयमा राज्यप्रतिको दायित्वबोध गर्दै संक्रमितको उपचार गरेको सो अस्पतालले अब अन्य रोगका विरामीको उपचार सुरु गरेको हो । जिल्लामा संक्रमितको संख्या कम भएपछि सो अस्पतालमा उपचार गराउने संक्रमितको संख्या शुन्यमा झरेको छ । सो अस्पतालमा विरामीको लागि कोरोनाको जोखिम नरहेको अस्पताल प्रशासनले जनाएको छ ।

करिब दुई बर्षको अबधिमा सो अस्पतालले ३८५ जना कोरोना संक्रमितको उपचार गरेकोछ । कोरोनाको पहिलो लहर र दोस्रो लहरको भदौं मसान्त सम्म चितवन सहित बाहिर जिल्लाका ३८५ जना कोरोना संक्रमित विरामीको उपचार गरिएको अस्पतालका व्यवस्थापक सुजन अधिकारीले जानकारी दिए । जनरल वार्डमा २७८ र आइसीयुमा १०७ जनाको उपचार गरिएको छ ।

जसमा महिला ९६ र पुरुष २८९ रहेका छन् । कुल ३८५ मध्ये चितवनका २७८ र बाहिरी जिल्लाका १०७ जना कोरोना संक्रमितको उपचार गरिएको अधिकारीले जानकारी दिए

तपाईको प्रतिक्रिया