चितवन।  भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्वर ५ बस्ने २४ बर्षिय पुष्पा सिटौला रहेकी छन ।

भरतपुर महानगरपालिका १० बस्ने सावित्री दवाडीको घरबाट नगदसहित सुनचाँदीका गरगहना चोरी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सिटौलालाई खोजी गरेको थियो । प्रहरीले असोज ६ गते भरतपुर महानगरपालिका ११ बाट साथमा फलामको रड समेत बोकेर हिडिरहेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट नगद,सुनका गहना,कैंचि,मोवाइल समेत प्रहरीले बरामद गरेको छ । सिटौलालाई चोरी तथा डाँका सम्बन्धि कसुरमा जिल्ला अदालत चितवनबाट म्याद अनुमती लिइन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया