चितवन । जेन्टल हर्ट फाउन्डेसन, काठमाडौंद्वारा कालिकाको २ वटा बिधालयका विद्यार्थीहरुलाई सहयोग सहयोग गरिएको छ । कालिका वडा नं।७ स्थित पृथ्वी माध्यमिक बिधालय, सालघारी शाखाका १ सय ४१ जना विद्यार्थी र राष्ट्रिय माध्यमिक बिधालय, कालिका-११ मझवाङमा अध्ययनरत १ सय ३५ जना विद्यार्थीलाई बिधालय पोशाक, झोला, कापी, कलम, पेन्सिल, इलेजर, कटर, खाजा लगायतका सामाग्रीहरु सहयोग गरिएको थियो ।

पृथ्वी माध्यमिक बिधालय, सालघारी शाखामा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, बिशिस्ट अतिथि वडा नं।७ का अध्यक्ष डिल्लीराम दवाडी, पृथ्वी माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बोधनाथ थपलिया, बिधालयका प्राचार्य प्रकाशचन्द्र अर्याल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरि राष्ट्रिय माध्यमिक बिधालय, कालिका-११ मझवाङका बिद्यार्थीहरुलाई सिद्धी, तिनदोभानमा आज नै आयोजना गरिएको कार्यक्रममा सो सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथि कालिका वडा नं।११ का वडा सदस्य नीरमाया प्रजा, बिशिस्ट अतिथि सोही वडा सचिब संजिव अर्याल, पत्रकार शिशिर सिंखडा, जेन्टल हर्ट फाउन्डेसनका चितवन को-अर्डिनेटर ईश्वरकुमार श्रेष्ठ, सोही सस्थाका कार्यक्रम संयोजक जगदिशचन्द्र पोख्रेल, सदस्यहरु शोभा ढकाल, रेबिका ढकाल लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रम सस्थाका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष ढकालले यस क्षेत्रमा बिगत लामो समयदेखि सहयोगहरु गर्दै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

सो सस्थाले यसै क्षेत्रमा निशुल्क सिलाई कटाई तालीम, आफ्टर स्कुल कार्यक्रमका लागि सहयोग, विभिन्न स्कुल र बिपन्न बस्तीहरुमा विभिन्न सहयोगहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया