चितवन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाको सरुवा भएको छ ।आज बसेको नेपाल सरकारको मन्त्री स्तरीय निर्णयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित ८५ जना सहसचिवको सरुवा गरेको हो ।
चार महिना अघि मात्रै भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्न आएका खतिवडालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्र्गतको कार्यालय पठाइएको छ ।
छोटो समयमा नै सरुवा भयो नि भन्ने उज्यालो खबरको जिज्ञाशामा प्रमुख प्रशासकीय अधिकृत खतिवडाले खासै खुलेर जवाफ दिन चाहेनन् ।