जनसाहित्यिक मञ्च नेपाल बागमती प्रदेशको सदस्यमा अम्बिका कार्की चयन भएकी छन् । जनसाहित्यिक मञ्च नेपालको शनिबार भर्चुअल भेलाले मञ्चका केन्द्रीय सचिवालय सदस्य मसान उपासकलाई बागमती प्रदेशको संयोजकमा चयन गरेको हो । मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो ।

हिजोको भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यिय समिति पनि चयन गरेको छ । चितवनको दुई जनाले यो पटक केन्द्र र प्रदेशमा स्थान पाएका छन् । यो भेलाबाट द्वारिका नेपाल केन्द्रिय सदस्य चयन हुँदा चितवनकी अम्बिका कार्की प्रदेश सदस्य चयन भएकी छन् । हिजोको भेलाले राम बिनयको संयोजकत्वमा १०५ सदस्यीय केन्द्रिय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ ।

भेलाले प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् भने प्रदेश २ मा पछि संयोजक तोकिने भएको छ । बागमति प्रदेशमा संयोजक मसान उपासकसहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, मकवानपुरका गणेश तिमल्सिना, चितवनका अम्बिका कार्की चयन गरेको छ ।

चितवनमा रहेर नेपाली साहित्यको श्रीवृद्धीमा लागेकी अम्बिका कार्की निकै क्रियाशिल छिन् ।

तपाईको प्रतिक्रिया