चितवन । चितवनमा नयाँ प्रमुख जिल्ला अधिकारी ( सिडिओ) को रुपमा आस्मान तामाङ आउने भएका छन् । आज भएको गृहमन्त्रीस्तरको निर्णयबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई जिल्ला प्रशासन कार्यालय चितवनमा काज सरुवा गरिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई प्रधामन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरको मंगलबारको निर्णयअनुसार रक्षा मन्त्रालयमा काज सरुवा गरिएपछि चितवनमा प्रमुख जिल्ला अधिकारीको रुपमा तामाङ आउने भएका हुन् ।उज्यालाे खबर सँग आज साँझ  कुरा गर्दै तामाङले साेमबार सम्म चितवन हाजिर हुने बताए ।

तपाईको प्रतिक्रिया