चितवनमा निषेधाज्ञा खुकुलो, पसलहरु दैनिक ६ घण्टा खोल्न पाइने
चितवन-जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा भदौं २० गतेसम्म लम्ब्याएको छ । तर, निषेधाज्ञा भने खुकुलो बनाइएको छ ।प्रशासनले आज आदेश जारी गर्दै भोलि राति १२ बजेबाट २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।
आदेशमा ग्यास, खाद्यान्न, तरकारी, दूध जस्ता अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म र दूध डेरी भने साँझ ५ बजेदेखि सात बजेसम्म पनि खोल्न सकिने उल्लेख गरिएको छ । त्यस्तै इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स पसल, भाडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट ...


