चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २३ की ३८ वर्षीया सम्झना दराईको गैँडाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई दिउसो साढे २ वजे गैँडाले आक्रमण गरेको थियो ।गैँडाको आक्रमणबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा दिउसो साढे ३ वजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया