माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपालको केन्द्रीय सदस्यमा चितवनका दुई युवा चयन भएका छन् ।
काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट चितवनका युवाहरु साजन अधिकारी र सन्तोष पनेरु केन्द्रीय सदस्यमा चयन भएका हुन् । राष्ट्रिय भेलाले संगठनको अध्यक्ष बाहेक अन्य सबै पदमा चयन गरेको छ । भेलाले अध्यक्षको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको छ ।
केन्द्रीय सदस्यमा चयन भएका दुई युवाहरु जिल्लाको राजनीतिमा क्रियाशिल छन् । उनीहरुले जिल्लामा संगठनलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गरेका छन् ।