चितवनको रत्ननगरका वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ
चितवनको कालिका नगरपालिका–६, लालचोकबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका-१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी पनि रहेका छन्। सुवेदी तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरूमा कालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर...


