चितवन निर्माण सामग्री व्यवसायी संघद्वारा सिरीष पन्तलाई अध्यक्षकाे सिफारिस
चितवन — निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको विस्तारित बैठक मंसिर ४ र मंसिर ५ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उपस्थितिमा बसेको उक्त बैठकले चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ।
बैठकले पन्त व्यवसायिक समस्यालाई नजिकबाट बुझ्न सक्ने, निष्पक्ष दृष्टिकोण, स्पष्ट कार्ययोजना र व्यवसाय–मैत्री नेतृत्व क्षमता भएको व्यक्तिका रूपमा...


