लौ आयो ताजा खबर -२
- हरिप्रपन्न शर्मा
लौ आयो नव सत्य तथ्य घटना बोकेर ताजा कुरा
बाटामा शव भेटियो युवकको चिन्दैन कोही नर
सुन्छन् मानुष भित्रभित्र मनमा मान्छन् नि धेरै डर
आफ्नै पो सुत हो कि भन्छ मनले बोल्दैन केही तर ।।१
बाटोमा गत रातमा शव थियो विक्षिप्त सारा तन
हिंड्थे त्यै पथबाट किन्तु घिनले हेर्दैनथे ती जन
ताजा त्यो कसरी भयो खबर रे बासी भएको जन
बेच्छौ झूट र भन्दछौ खबर हो ताजा तिमीले किन ।।२
माखा छन् शवमा छ रक्त मुखमा धेरै छ कालो तन
डुङ्डुङ्ती सब गन्ध फैलिन गई चिन्दैन कोही ज...
