×

नवलपुर । पुर्वी नवलपरासीको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ र २९ गते नेपालका मुर्धन्य साहित्कार र लेखकको जमघट हुने छ ।फाइनप्रिन्ट फिभरका अवसरमा फाइन प्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नु नै हुनेछ, संगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्नुहुनेछ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्, विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ । र अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन् । यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी ग्रपको सामाजिक उत्तरदायित्व क्षेत्रमा कामगर्ने चौधरी फाउन्डेसन सगको सहकार्यमा हुन लागेको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्नेछैन ।

सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनीषा कोइराला र पत्रकार रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा देशजगत्’शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसँग काग्रेस  नेता गगन थापाले संवाद गर्नेछन् ।यसैगरी अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले बाच्ने अभिलाषा’बारे संवाद गर्नेछन् ।राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गर्नेछन् ।

उक्त अवसरमा मिश्रको पुस्तक राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ । पुँजीवाद र स्वतन्त्र समाज’नामक सेसनमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्नेछिन् । दुइ दिन सम्म संचालन हुने साहित्य महोत्सवमा सहभागिता जनाउन चौधरी फाउण्डेशनले सवैलाई आमन्त्रण गरेको छ । साहित्यकार , लेखक ,कलाकार , चित्रकार र को एउटै थलोमा जमघट हुन लागेको यो सम्भवत नेपालमै पहिलो हो । यस पटकको यो जमघटलाई महोत्सवको रुपमा मनाइने भएको हो ।

तपाईको प्रतिक्रिया