नेपाल आमा तिमी
-हरिप्रपन्न शर्मा
मेरो देश नेपालका जन सबै लड्छन् सिपाही बनी
काट्छन् दुष्मन यी उदाइ खुकुरी मर्नै परे तापनि
भोको पेट र नग्न जीर्ण तनका हुन् क्रान्तिकारी पनि
जोधाहा अति दर्बिला समरमा हट्तै नहट्ने यिनी ।१
हारेथे दुइराज्य सामु यिनका हार्छन् पछाडी पनि
हार्दैनन् नयपाल मानिस कुनै हुन् न्यायमूर्ति यिनी
खोज्दैनन् म लडूँ भनी हृदयले खोज्छन् पराई भने
छाड्दैनन् विकराल कालसम हुन् ताते दिलैले भने ।।२
चम्काए बिजुली समान जगमा नेपालको वैभव
नासो यो उनको बचाउन सके सम्मान मिल्ल...
