राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीत बजारमा (भिडिओ सहित )
काठमाडौं–राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत बस्नेत दुवैको स्वर सुन्न सकिन्छ ।
सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भ...
