-दास बिनय यादव

हाम्रो आफनै छ दुस्ख हाम्रो आफ्नै छ व्यथा।
हाम्रो नाप नक्सा प्रतिको आस्था।।
हामीले कोर्दै छौ हरेक किता किताको सिमाना।
हामीले खान्छौं त्यती चर्को घामपानी र असिना ।। १
तरपनि
कहिल्यै बिर्सदैनौँ नाप नक्साको मुल मन्त्र । तरपनि
कहिल्यै छोडदैनौँ नाप नक्सा को यन्त्र।।हो
वास्तवमा भन्ने हो भने हामीले गर्दछौँ
हरेक किया कताको सिमानामा केयर।
हामी हौँ लक्ष्मी मा। वि को सर्वेयर
हामी हौँ लक्ष्मी मा। वि को सर्वेयर।।२

हामीले गर्दनौँ आफनो ज्यान र प्राण को प्रवाह।
नाप नक्सा गर्ने गर्दछौं सधैँ हामी।।
तराइको चर्को घाममा त्यती मिहिनेत गरी कहिल्यै पुग्दछौँ हिमाल कहिल्यै त विकट जस्तो पहाड।
कुनै बेला लाग्दछ आफनै जीवन ऊजाड।। तरपनि
कहिल्यै बिर्सदैनौँ नाप नक्साको मुल मन्त्र। तरपनि
कहिल्यै छोडदैनौँ नाप नक्साको यन्त्र।।हो
वास्तवमा हामीले गर्दछौँ जग्गाको नक्सामा सिमानाको केयर ।
हामी हौँ लक्ष्मी मा। वि। को सर्वेयर
हामी हौँ लक्ष्मी मा। वि। को सर्वेयर।।३

कहि खान्छौं दुध दही पनिर खोवा और मिठाई।
कहि पाऊछौँ मिठो बोली वचन कहि त मृत्युको इतिहास।।
तरपनि
हरेक किता किताको गर्दछौँ लेकिन नापदैँ जान्छौँ हरेक किता किता जमिन।
जविनमा ‌जतिसुकै आएपनि दुस्ख कष्ट बाधा ।। तरपनि
कहिल्यै बिर्सदैनौँ नाप नक्साको मुल मन्त्र ।तरपनि
कहिल्यै छोडदैनौँ नाप नक्साको यन्त्र।। हो
वास्तवमा भने हो भने हामीले गर्दछौँ जग्गा धनीको सम्पतिको केयर ।
हामी हौँ लक्ष्मी मा। वि। को सर्वेयर
हामी हौँ लक्ष्मी मा। वि। को सर्वेयर।।४

कहि जग्गाको झगडा कहि त सिमानाको लाफडा।
पहाड जस्तो विकट ठाउँ ठाउँमा पुगी सहन्छौँ असाध्यै पिडा ।।
अहो१ निशान अधिकारी सर
कहि पाऊछौँ गाली कहि त प्रेमको सँसार ।
नाप नक्सा गरी गर्दछौँ जग्गा धनीको लाल पुर्जा तयार।।५
अहो! राम
तराइको त्यती चर्को गर्मीको दिन। तरपनि
कहिल्यै बिर्सदैनौँ नाप नक्साको मुल मन्त्र तरपनि
कहिल्यै छोडदैनौँ नाप नक्साको यन्त्र।हो
वास्तवमा भने हो भने हामीले गर्दैनौँ
आफनो ज्यान र प्राणको केयर
हामी हौँ लक्ष्मी मा। वि। को सर्वेयर
हामी हौँ लक्ष्मी मा। वि । को सर्वेयर।।६

 यादव  लक्ष्मी माध्यमिक विद्यालय भरतपुरमा डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ्ग सेकेन्ड सेमेस्टरमा अध्ययनरत  छन् । 

तपाईको प्रतिक्रिया