
पुरुवा माटो खन्दै थिएँ, हिरा झर्ने आसमा,
भाग्यले पुर्याइदियो, फेरि माटोको घासमा।
पहाड फोरेर खोजेँ जब, उज्यालोको झिल्को,
अन्धकार नै अँगालो हाल्यो, रहरको इतिहासमा।
जसलाई दिलले अँगालेँ, जिन्दगीको रहर ठानेर,
तिनैले आगो सल्काए, राखेर मैलै विश्वासमा।
मन्दिर पसें, ईश्वर बोलाएँ, दाहिने बस भनें,
मित्रकै रूपमा भेटेँ, शत्रु मनकै आसपासमा।
मौन बसेँ, सहेर बसें, सत्य खोज्दा हराएँ,
नामकै व्यापार चलिरहेछ, दुनियाँको आवासमा।
भित्रभित्रै जलिरहेछु, मनमा धुवाँ उठिरहेछ,
समय नै मौन देखेँ, मेरो जलिरहेको लासमा।
– अमृत घिमिरे, गैँडाकोट ५