×

–ज्योतिष इन्द्र प्रसाद काफ्ले

दान ३ प्रकारका हुन्छन्
क.सात्विक–जसलाई दान दिईन्छ उसवाट केही आशा नराखी निश्वार्थ रुपमा गरिने दान, यसलाई गोप्य दान भनिन्छ ।

ख.राजसिक–कुनै अपेक्षा राखी गरिने दान, जस्तै कुनै ग्रह शान्ती गर्दा गरिने दान यसमा ग्रहको नकरात्मक फल भोग्न नपरोस् भन्ने अपेक्षाका साथ गरिने दान । कसैको छोरीको विवाहमा जाँदा टिका लगाएर पैसा किन दिईन्छ भने उनिहरु पनी आफ्नो छोरीको विवाहमा आँउदा यो भन्दा बढी टिका लगाएर दिन्छन् भन्ने हुन्छ वा टिका लगाईदिएपछी प्रशस्त भोज खाईन्छ भन्ने उद्देश्य हुन्छ ।

ग.तामसिक –दान दिनेलाई अपमानित गरेर वा अरुलाई सुनाएर दिईने दान जस्तै विद्यालय वा कुनै संघ सस्थालाई पंखा दान दिएमा पंखामा आफ्नो वा आफ्ना पूर्वजहरुको नाम लेखाउनु ।

दान किन दिनुपर्छ ?

धर्मका ४ पाउहरु हुन्छन् ति निम्न छन्
१.सत्य २.तप ३.पवित्रता ४.दान
सत्य युगमा धर्मका ४ वटै पाउहरु पृथ्वीमा थिए । त्रेता युगमा सत्य हराई वाँकी ३ वटा पाउहरु मात्र पृथ्वीमा रहे । द्वापर युगमा सत्य र तप हराई पवित्रता र दान मात्र पृथ्वीमा रहे । भने कली युगमा धर्मका ४ पाउ हरु मध्ये दान मात्र पृथ्वीमा रहेको छ ।
एकपटक ब्रम्हा भगवान कहाँ देवता ,मनुष्य र दानवहरु गई हाम्रो जती क्षमता योग्यता छ त्यो अनुसार उन्नती भएन हामी जस्तो अवस्थामा थियौ त्यही अवस्थामा रहिरहेका छौ अर्थात हामिलाई प्रगती उन्नती हुने बाटो देखाईदिनुहोस् भनी विन्ती गर्दा ब्रम्हाजी
देवताहरुलाई भन्नुहुन्छ-तपाँइहरुसँग सवै थोक छ अर्थात भोगको बाहुल्यता छ तसर्थ तपाँईहरु आफ्नो भोगलाई दमन गर्नुहोस् तव उन्नती प्रगती हुन्छ भन्नुभयो ।
दानवहरुलाइ भन्नुहुन्छ-तिमिहरु धेरै निर्दयी र कठोर छौ त्यसैले अरु उपर दया गर्न सिक त्यसैमा तिमिहरुको भलाई र उन्नती प्रगती हुन्छ भन्नुभयो ।
मनुष्यहरुलाइ भन्नुहुन्छ-तिमिहरु कर्मशिल छौ । तिमिहरु संचयकर्ता हौ । तिमिहरुले संचित धनवाट केही हिस्सा परम अर्थ/परमार्थ अर्थात अन्य दिन दुखीका निम्तीपनी खर्च गर त्यसैमा तिमिहरुको भलाई र उन्नती–प्रगती हुन्छ भन्नुभयो ।
यसर्थ पनी मानिसले धर्म ,मुक्ती ,मोक्ष प्राप्तीको लागी वा आफ्नो भलाई र उन्नती–प्रगती का निमित्त पनी दान गर्नुपर्छ भनिएको छ ।

अव
ज्योतिषमा दान कसरी हेरिन्छ ?
कारक भाव-भोग (मनोरन्जन/आनन्द) र दान दुवै बाह्रौ भाववाट हेरिन्छ । यो भाव खर्चको भाव हो । यदी जातकले आफ्नै निम्ती खर्च गर्छ भने त्यो भोग हो । यदी सोही खर्च परम अर्थ÷परमार्थ अर्थात अन्य दिन दुखीका निम्ती खर्च गर्छ भने त्यो दान हो ।
यदी शुक्र बाह्रौ भावमा वस्छ भने जातकले आफ्नै निम्ती बढी खर्च अर्थात जातक भोगी हुन्छ
तर गूरु विशेष गरी जलिय राशीमा बाह्रौ भावमा बसेमा जातक दानी हुन्छ ।

जातकलाइ दानविर बनाउने कारक राशी,भाव र कारक नक्षत्रहरु निम्न छन् ।
१.कारक राशीः अन्तिमका ४ राशी (९,१०,११,१२) दानविर बनाउने राशी हुन् ।
१.यि राशीको लग्न हुन्छ
२.यि राशीमा लग्नेश वस्छ
३.चन्द्रमा यि राशीमा छ

२.कारक भाव- जातकले आफ्नै निम्ती वा अरुका निम्ती खर्च गर्छ भन्ने कुरा निम्न भाववाट हेरिन्छ ।
१,४,५ भावले जातक स्वयम्(आफु, आफ्नो परिवार र आफुले पालन पोषण गर्नुपर्ने परिवार) का निम्ती गर्ने खर्च लाई जनाँउछ
७,९,१० भावले अरुका निम्ती गर्ने खर्चलाई जनाँउछ
अतः लग्नेश र द्दादशेश ७,९,१० भावमा वस्छ वा यि भावको श्वामीसँग युक्ति भएर वा समसप्तक भएर वस्छ ।
भने जातक दानविर हुन्छ ।

३.कारक नक्षत्र- छ वटा नक्षत्र
१. तिष्य २.उत्तर फाल्गुणी ३.अनुराधा ४.मुल ५.धनिष्ठा ६.रेवती
माथी उल्लेखित नक्षत्रमा
क.लग्नेश वस्छ
ख.चन्द्रमा वस्छ
ग.लग्नमा यि नक्षत्र वस्छ ।

 

तपाईको प्रतिक्रिया