चितवन – कवि विपिन पाठकको कविताकृति मरुभूमिमा बसन्तीयाम प्रकाशनमा आउने भएको छ । इन्डिगो पब्लिकेसनले प्रकाशनमा ल्याउन लागेको उक्त किताबमा ४० बढी कविताहरू संग्रहित छन् ।
एक दशकभन्दा लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका पाठक साहित्य संगम चितवनका पूर्व सह सचिव हुन् भने प्रगतिशील लेखक संघ चितवनका निवर्तमान अध्यक्ष हुन्।
सक्रियतापूर्वक चितवनको साहित्यमा तल्लिन पाठक विभिन्न शैक्षिक संस्थामा नेपाली विषय प्राध्यापन गर्दछन्। पहिलो संग्रहको रुपमा कविताकृति प्रकाशोन्मुख रहँदा आफू हर्षित भएको कवि पाठकले बताएका छन्।