तिमिलाई देखि आज लाज पनि लजायो
ए सरकार बेस्सरी ढ्याङ्ग्रो नठटाउ
यो कुनै धामिको झाँक होइन।
यो त कर्पद खोली मैदानमा उत्रिएका
शिवको ताण्डप अनि
पार्बतिको लास्य नृत्य हो
झाडु, पाती र लाठिको प्रयोग नगर
हातको डम्मरु लाई बज्न देउ बेस्सरी
नचलाउ मुठ्ठिको त्रिशुल
नगर निधारको खरानिको उपहास
शिव शाश्वत छन
आखिर तिमी पनि खरानीनै हुने हौ
अनि दलिने छौ शिवको शरीर भरी
यति विधि निकम्मा नबन सरकार
के थाहा तिम्रा सन्तती पनि
नाङ्गे बाबा बन्न सक्नेछन
शरीर भरी त्रिशुल डामी
अलाप गर्दै हिड्न सक्नेछन।
त्यसैले आउ यो आग्रहलाई स्वीकार गर
आउ बेलैमा हातेमालो गरौ
ढिला नगरी बार्तामा बसौँ।
तिमी बसेको कुर्सीले तिमिलाई
बन्धक बनाउँछ भने
कसैको प्रभाव अनि दबाबमा छौ भने
हामिले पनि छोडेका छौ कुर्सी
साहस गर आउ छोड कुर्सी
हामी बसेको भुईमा
तिमी पनि अटाउँछौ
आउ एउटा ईतिहास रचौँ
नेपाल आमालाई साक्षि राखी
ब्यक्तिगत स्वार्थलाई मिल्क्याई दिउँ
साझा हितमा केन्द्रित रहौला
आफ्ना आफ्ना सर्त राखौँला
केही तिमी झुक
केही म झुकुला
झुक्दैमा अस्थित्त्व कहाँ सकिन्छ र !
नदी जति झुक्यो त्यति नै विशाल हुन्छ
आँखा खोली हेर त एक पटक
तिमी माथिको विशाल आकाश पनि
झुक्दै झुक्दै गएको देख्नेछौ
त्यसैले फेरि पनि म अनुरोध गरेँ
आउ साथी बार्तामा बसौँ।
(रचनाकार काफ्ले नवलपुरको गैँडाकोट नगरपालिकाका शाखा अधिकृत हुन् )