गैँडाकोट खानेपानीमा काँग्रेस–एमालेको ‘क्लिन स्वीप’
गैँडाकोट। गैँडाकोट नगर क्षेत्रकै सबैभन्दा जेठो र प्रतिष्ठित उपभोक्ता संस्था “गैँडाकोट पम्पिङ स्कीम तथा खानेपानी उपभोक्ता संस्था” को नयाँ नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनले ऐतिहासिक जित दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पूर्ण रूपमा ‘क्लीन स्वीप’ गर्दै गठबन्धनको पूरा प्यानल नै विजयी भएको हो।
निर्वाचन समितिका संयोजक जनक ढुङ्गानाले सार्वजनिक गर्नुभएको अन्तिम मतपरिणाम अनुसार संस्थाको नयाँ अध्यक्ष पदमा नेपाली काँग्रेसका विपिनभक्त अधिक...
