काठमाण्डौ । पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो प्रकाशनमा आएको छ ।भूडि पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा ११ वटा कथाहरु रहेका प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो ।डेड वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कथासङ्ग्रह हो । उनको पहिलो कथासङ्ग्रह कुमाता डेड वर्ष अघि प्रकाशनमा आएको थियो । यो अहिले तेस्रो संस्करणमा छ ।

मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठान गरिएको कृति भएको बताउनुभयो । “यस कृतिमा रहेका ११ वटा कथाहरु मध्ये मोम्चो शीर्ष कथा हो जसको नामवाट कृतिको नाम नै राखिएको छ”, पराजुलीले भन्नुभयो, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।”

यहि मङ्सिर १९ गते गैँडाकोट स्थित द नारायणी रिसोर्टमा अक्षर समूह चितवनको आयोजनामा विशेष कार्यक्रमका विच सो कृतिको विमोचन हुदै छ । विमोचनमा कृति माथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समिक्षा गर्नुहुने कार्यक्रम तय भएको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया