
जन्म दिने बाबा, आमा, शिक्षा दिने गुरुमा
सम्मानका साथ अभिवादन गर्छौ सुरुमा ।
सम्मान गर्छौ मान्यजनलाई माया गर्छौ सानालाई
आदर सत्कार गर्नुपर्छ सबै जनालाई ।।
आज हामी बालकै छौं भोली ठूला हुने छौं
भविष्यमा यो देशको मुहार फेर्ने छौं ।
पोषणयुक्त खाना, नाना मनोरञ्जन शिक्षाले
बाल अधिकार हनन नहोस् भन्छौ इच्छाले ।।
आज पाए असल ज्ञान भोलि असल बन्ने छौं
देशको शिर उच्च राख्नु पर्छ भन्ने छौ ।
बालकको अधिकार कतै हनन् नहोस् है
बालक नै भविष्य हुन सन्देश पुगोस् है ।।
बाबा, आमा, गुरुवर्ग, मान्यजन सबैले
कतै बालक शोषण छन् कि खोजौँ सबैले ।
बाल शोषण भा को भए उद्धार गरौं तिनको
सोच राखौ ती बालकको सुखी दिनको ।।
बालक नै देशको भविष्य हुन् भनेर
बाल मस्तिष्का ज्ञानले भरौ मौका चिनेर ।
बाल श्रम शोषण गरी मठ – मन्दिर नधाऊँ
बालकलाई असल बनाई धर्म कमाऊँ ।।
आज बालक असल बने भोलि देश बन्ने छ
देशले सच्चा नागरिक पाएँ भन्ने छ ।
भविष्यमा देशको साँचो हाम्रै जिम्मा हुनेछ
आज हामी बने भोलि देश बन्ने छ ।।
नखल्बलाऊँ यो देशको भविष्यलाई कसैले
देश बनाउने जिम्मा लिनु पर्छ सबैले ।
सडक पेटी भौतारिदै हिँड्या होलान् बालक
भविष्यका यो देशको कर्म पालक ।।
यो देशको भविष्यलाई सडक पेटी छोडेर
देश बिगार्न पाइँदैन साँचो तोडेर ।
खबरदारी गर्छौ बालक समय मै सोचौ है
यो देशको भविष्यलाई असल बनाऔं है ।।
अन्जानमा कही कतै गल्ती हुन गएमा
बालक सम्झी माफी दिनु भूल भएमा ।
सधी सङगी हामी पनि कुबाटोमा नलागौं
आफ्नो अनि देशको भविष्य सोचौँ ।।
कोपिला ढकाल पौडेल
शिक्षक लक्ष्मी माध्यमिक विद्यालय
भरतपुर चितवन