चिनिसके साथी मैले स्वाभाब जिन्दगीको ।
बार बार उघारेर नकाब जिन्दगीको ।
खडेरी भै सताउछ कहिले झरी बनि।
म त भन्छु यहि नै हो सुझाव जिन्दगीको ।
जति पटक सोधे पनि सवाल एउटै थियो।
बेग्लाबेग्लै पाएको छु जवाफ जिन्दगीको ।
हरेक खेलमा तिमिले मलाई हरायौ त के भो।
आज मैले जितेकोछु चुनाव जिन्दगीको ।
संसारमा सबैभन्दा उहीँ हो धनवान।
जसले झेल्छ हासी हासी अभाव जिन्दगीको ।
भन अझै ए दुनियाँ पढ्न के छ बाकी ।
अब मलाई कण्ठ्स्त छ किताब जिन्दगीको ।
सुदिप मिश्र ” क्षितिज “
भरतपुर — १२ ,चितवन